१२ बैशाख २०८१, बुधबार

द्रौपती मुर्मू बनिन् भारतको पहिलो आदिवासी महिला राष्ट्रपति


द्रौपती मुर्मू

काठमाडौं । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) की मुर्मू भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी ६४ वर्षीया मुर्मू भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेर इतिहास रचेकी छन् । उनको यो जितसँगै देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी हुन् ।

कूल १० लाख ८६ हजार ४३१ मतमध्ये द्रौपदीले ५ लाख ७७ हजार ७७७ मत पाएकी छन् । राष्ट्रपति निर्वाचित हुन ५ लाख ४३ हजार २१६ मत आवश्यक पर्छ । निर्वाचनको मतगणना नसकिँदै उनको जीत सुनिश्चित भएको हो ।

उनका प्रतिद्वन्द्वी यशवन्तले २ लाख ६१ हजार ६२ मत पाएका छन् । सिन्हाले हार स्वीकार गर्दै मुर्मूलाई जितको लागि बधाई समेत दिएका छन् । उनले २५ जुलाईमा राष्ट्रपति पदको सपथ लिनेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !