१६ जेष्ठ २०८१, बुधबार

नाइजेरिया : मस्जिदमा आत्मघाती बम आक्रमण, २७ जनाको मृत्यु


Nigeria kano-mosque

१९ वैशाख, काठमाण्डौ । नाइजेरियाको एक मस्जिदमा भएको बम आक्रमणमा कम्तिमा २७ जनाको ज्यान गएको छ । घटनामा अरु धेरै घाइते भएका छन् । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमण भएको हो ।

दिउँसोको नमाज प्राथनका लागि मानिस जम्मा भएका बेला मस्जिदको भित्र तथा बाहिर विस्फोट भएको हो । एडामावा राज्यको प्रहरीले आक्रमणमा इस्लामिक बिद्रोही समूह बोको हरामको संलग्नता रहेको आशंका गरेको छ ।

तर अहिलेसम्म उसले त्यसको जिम्मेवारी लिएको छैन । बोको हरामले नाइजेरियाको उत्तरी क्षेत्रमा इस्लामिक राज्यको माग गर्दै हिंसात्मक गतिविधि गर्दै आएको छ ।

हिंसाका कारण अहिलेसम्म २० हजारको हाराहारीमा मानिसको ज्यान गएको छ भने २० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !