६ जेष्ठ २०८१, आइतबार

म्यान्मारको काचिनमा सेनाको हमलापछि हजारौँ सर्वसाधारण भाग्न बाध्य


एजेन्सी,  १६ वैशाख । म्यान्मारको सुदूर उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी समुदायबीच फेरि तनाव सुरु भएपछि हजारौं नागरिक भाग्न बाध्य भएका छन् ।

चीनसँग सीमा जोडिएको काचिनका दशौं हजार स्थानीय बासिन्दाले घरबार छोडेर भागेको संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । त्यहाँ काचिन आदिवासी समुदायले स्वतन्त्र राज्यको माग गर्दै लामो समयदेखि सशस्त्र आन्दोलन गर्दै आएको छ । पछिल्लोपटक सरकारी फौजले हवाई र तोप हमला गरेपछि काचिनमा हिंसा भड्किएको हो ।

हिंसाग्रस्त क्षेत्रमा हजारौं मानिस भाग्न नसकेर फसिरहेको हुनसक्ने आशंका गरिएको छ । यसैबीच सहायता संस्थाहरुले म्यानमार सरकारसँग हिंसा भड्किएको क्षेत्रमा सहयता सामग्री पु¥याउने अनुमति दिन आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !