२६ बैशाख २०८१, बुधबार

नवाज शरीफका भाई शेहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने


नवाज शरीफका भाई शेहबाज शरीफ

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन् । उनले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वाेच्च अदालतले पुनस्र्थापना गरिदिएको थियो । अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसदमा उनको पक्षमा मत नरहेका भन्दै मतदान भएको थियो ।

शनिबार अपरान्ह यहाँको संसदमा दोस्रो पटक मतदान कार्यक्रममा संसदमा आफ्नो बहुमत गुमाए । उनलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक पर्नेमा उनको विपक्षमा १७४ मत आएको थियो । संसदमा बहुमत गुमाएपछि उहाँ स्वतहः पदमुक्त भएका हुन् ।

पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानको संसदले उनका विरुद्धमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि उनी पदमुक्त भएको समाचार सम्प्रेषण गरेका छन् । बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण यहाँ पनि आर्थिक संकट देखिएको छ ।

यी विविध कारणहरु देखाएर पाकिस्तानको संसदमा यहाँका विपक्षी सांसदहरुले अविश्वासको मत दर्ता गरेका थिए । त्यस लगत्तै प्रधानमन्त्रीले संसद विघटन गरेका थिए ।

राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज (आइतबार) दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गर्न सकिने र दिउँसो ३ बजेसम्म छानबिन हुने बताएको छ ।

उनले सोमबार बिहान ११ बजे अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष समेत रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शेहबाज शरीफ आगामी नयाँ प्रधानमन्त्री बन्ने निश्चित प्रायः छ । उनी हाल नेशनल एसेम्बलीमा विपक्षी नेता छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !