८ पुस २०८१, सोमबार

यमनको गृहयुद्धमा परी कम्तीमा ४७ बालबालिका मारिए


यमन

एजेन्सी । यमनको गृहयुद्धमा परी कम्तीमा ४७ बालबालिका मारिएका छन् । राष्ट्रसंघीय बालकोष यूनिसेफका अनुसार जनवरी र फेब्रुवरीमा द्वन्द्वका कारण उनीहरुको मृत्यु भएको हो ।

सन् २०१५ देखि सुरु भएको हिंसामा परेर १० हजार बालबालिकाको मृत्यु भएको जनाइएको छ । साउदी नेतृत्वको गठबन्धले हवाई हमला गर्दा मध्यपूर्वकै विकासोन्मुख देश यमनमा ठूलो जनधनको क्षति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !