६ जेष्ठ २०८१, आइतबार

उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने


Kim-jong-un

एजेन्सी, ८ वैशाख । उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने भएको छ ।

उत्तर कोरीयाली नेता किम जोन उनले अब थप परमाणु परीक्षण आवश्यक नरहेको भन्दै परमाणु मिसाइल र अन्तरमहाद्धिप ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने बताएको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय भएको खबरमा उल्लेख छ ।

परमाणु हतियार कार्यक्रमलाई निरन्तरता दिएका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले गएको नोभेम्बरमा अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दावी गरेको थियो ।

परीक्षणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेट्सले कडा निन्दा गर्दै उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको अपमान गरेको प्रतिक्रिया दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !