८ पुस २०८१, सोमबार

नेपालको लागि सुखद खबर : भारतमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै


भारतमा कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमित भएकाहरुको संख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो ।

मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्लो दिन सोमबार विहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका थिए । आइतबारको तुलनामा सोमबार दैनिक सङ्क्रमितहरुको सङ्ख्या २७ हजार ४६९ ले घटेको थियो ।

भारतमा अहिले कोराना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ७५३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिले एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी देखिएको छ । यसले गर्दा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !