७ बैशाख २०८१, शुक्रबार

गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृत्यु, ७ गम्भीर घाइते


बसमा आगो

एजेन्सी । बुल्गेरियाको एक सडकमा गुडिरहेको बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार बसमा आगलागी हुँदा मृत्यु हुनेमा अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटक छन् ।

हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेको र लगत्तै बस पल्टिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा बालबालिका समेत छन् । आगलागीवाट ७ जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !