९ जेष्ठ २०८१, बुधबार

झडपमा १८ तालिवान मारिए


एजेन्सी, २२ चैत । अफगानिस्तानमा मङलबार भएको झडपमा कम्तीमा १८ तालिवान आतंककारी मारिनुका साथै अन्य १३ जना घाइते भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज, इमाम साहिब जिल्ला, दक्षिणी प्रान्त हेलमान्डलगायत अन्य विभिन्न प्रान्तमा सुरक्षा अधिकारी र आतंककारीबीच भएको झडप र हवाई कारबाहीमा परी ती तालिवान लडाकू मारिएका हुन् ।

अफगान गृहमन्त्रालयले बुधबार त्यसबारे जानकारी दिएको छ । अफगानिस्तानका विभिन्न स्थानमा नेटो र अमेरिकाआबद्ध संयुक्त सेनाको सहयोगमा अफगान हवाई बलले युद्धक विमानबाट तालिवान आतंककारीविरुद्ध कारबाही गर्दै आएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्ड तालिवानको बलियो प्रभाव रहेको प्रान्तका रुपमा रहेको छ । सो क्षेत्रमा पछिल्ला केही समयमा लगभग दिनहुँ जसो यस्तो कारबाही भइरहेको छ ।

जारी यस कारबाहीको विषयमा १६ वर्षभन्दा बढी समयदेखि अफगान सरकारसँग युद्ध गर्दै आएका तालिवान लडाकूले भने केही टिप्पणी गरेका छैनन् ।

समाचारमा जनाइएअनुसार यस कारबाहीको क्रममा सुरक्षा अधिकारीतर्फ कुनै हताहत भएको छैन । रातिको समयमा तालिवानहरुले सुरक्षा जाँच चौकीलाई बढी तारो बनाउने गरेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !