११ पुस २०८१, बिहीबार

बेलारुसले शरणार्थी प्रवाहलाई कम गर्ने उपाय खोज्ने


रोहिंग्या शरणार्थी

मिन्स्क । बेलारुसका विदेश मामिला मन्त्री भ्लादिमिर मेकीले आफ्नो देशले एसिया, अफ्रिका र मध्य पूर्वबाट ईयूमा आउने आप्रवासी प्रवाहलाई कम गर्न प्रयास गर्ने युरोपेली संघ (ईयू) लाई बताउनुभएको छ ।

विदेश मामिला र सुरक्षा नीतिका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँगको टेलिफोन वार्तामा उहाँले उक्त टिप्पणी गर्नुभएको बेल्टा समाचार एजेन्सीले जनाएको छ । सो अवसरमा दुबै पक्षले चाँडै नै आप्रवासन सङ्कट अन्त्य गर्ने आफ्नो मनसाय पुष्टि गरेको स्रोतले जानकारी दिएको छ ।

इयुले ले मिन्स्कलाई मध्यपूर्वका गन्तव्यहरूसँग जोड्ने सञ्जालमा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । आप्रवासीहरू मिन्स्क हुँदै पोल्याण्डको ईयूको पूर्वी सीमानामा आएका थिए।

शरणार्थीहरूको ठूलो समूह सीमामा शरणको खोजीमा फसेपछि पोल्याण्डले केही दिन देखि पोलिश-बेलारुसी सीमामा सेनालाई उच्च सतर्कतामा राखेको छ।

बेलारुस पश्चिमी दबाब र प्रतिबन्धहरूलाई सबैभन्दा कडा उपायका साथ प्रतिक्रिया दिन तयार रहेको मेकीले शुक्रबार रूसी पत्रकारहरूलाई बताउँनुभएको छ ।

इयुले वर्तमान शरणार्थी सङ्कटका लागि बेलारुसलाई दोष दिँदै यस विरुद्ध प्रतिबन्धका लगाएको छ । यद्यपि बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले प्रतिबन्धले देशको सङ्कट समाधान गर्ने क्षमतालाई कमजोर बनाएको टिप्पणी गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !