१२ पुस २०८१, शुक्रबार

भारतमा एकैदिनमा थप ११ हजार नयाँ सङ्क्रमित, २६६ को मृत्यु


भारतमा कोरोना भाइरस

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ११ हजार ४५१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।सोही अवधिमा अरु २६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयअनुसार पछिल्लो एक दिनमा १३ हजार २०४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ८२६ रहेको छ । यो सङ्ख्या २६२ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसको महामारीको प्रभाव सवैभन्दा धेरै केरला राज्यमा देखिएको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा पनि सात हजार १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !