७ जेष्ठ २०८१, सोमबार

रुसी राष्ट्रपति पुटिन र बृटिश प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता


भ्लादिमीर पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बृटिश प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उहाँहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ ।

उहाँहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको थियो ।

उहाँहरुका बीचमा खासगरी जलवायु परिवर्तनका बारेमा विशेष कुराकानी भएको बताइएको छ । उहाँहरुबीचमा जलवायु परिवर्तनका विषयमा हुन लागेको सयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा कुराकानी भएको थियो ।

यसै हप्ता स्कटल्याण्डमा सयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुन लागेको छ । उक्त सम्मेलनको सफलताका लागि रुसी राष्ट्रपति पुटिनले शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त सम्मेलनका मुद्दाका विषयमा उहाँहरुबीच फोनमा कुराकानी भएको बताइएको छ । साथै अफगानिस्तानको पछिल्लो अवस्थाका साथै युक्रेनको द्धन्द्धका विषयमा पनि उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !