४ जेष्ठ २०८१, शुक्रबार

फ्रान्सद्वारा रसिया ३–१ ले पराजित


France vs Russia

एजेन्सी, १४ चैत । फ्रान्स र रसियाबीचको मैत्रीपूर्ण खेलमा फ्रान्सले रसियालाई ३–१ गोल अन्तरले हराएको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा फ्रान्सको जितमा किलियन बाप्पेले दुई गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको ४० औं मिनेटमा बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता बनाएको थियो । त्यसपछि ४९ औं मिनेटमा पाउल पोग्वाले गोल गर्दै अग्रता २–० मा पुर्याए । तर ६८ औं मिनेटमा फियोदोर मोलोभले रसियाका लागि गोल गर्दै अन्तर २–१ मा झारे ।

८३ औं मिनेटमा पुनः बाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए । त्यसपछि रसिया खेलमा फर्कन सकेन र फ्रान्सले सहज जित निकाल्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !