२९ पुस २०८१, सोमबार

किम जोङ चीन भ्रमणमा गएको पुष्टि


KIM china visit

एजेन्सी,  १४ चैत । चीनले उत्तर कोरियाली नेता किम जोङ उनको चीन भ्रमणको पुष्टि गरेको छ । चिनियाँ समाचार संस्था सिन्हवाले किम जोङ उन चीन भ्रमणमा रहेको पुष्टि गरेको हो ।

विभिन्न सञ्चार माध्यमले किम चीन पुगेको दावी गरीरहँदा मंगलबार चिनियाँ विदेश मन्त्रालयले किम चीन भ्रमणमा नआएको दावी गरेको थियो । उत्तर कोरियाली नेता किम रेल चढेरै चीन पुगेको पनि पुष्टि भएको छ ।

उहाँले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग समेत भेटवार्ता गरेको चिनियाँ सञ्चार माध्यम सिन्हवाले जनाएको छ । भेटको विस्तृत जानकारी भने गराइएको छैन । किमले सत्ता सम्हालेको ७ वर्षपछि पहिलो पटक विदेश भ्रमण गरेका हुन ।

चीन उत्तर कोरियाको एक मात्र निकट सम्बन्ध भएको देश हो । तर केही समय अघि परमाणु परीक्षणको विषयलाई लिएर दुई देशबीचको सम्बन्ध चिसिएको थियो । मंगलबार चीनले किम चीन भ्रमणमा नआएको भने पनि जापानी सञ्चार माध्यमले उनी चीन भ्रमणमा गएको दावी गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग परमाणु र क्षेप्यास्त्र कार्यक्रमबारे गर्ने भनिएको वार्ता अघि नै उनले यो भ्रमण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !