४ बैशाख २०८१, मंगलबार

बेलायती प्रधानमन्त्रीलाई मातृ शोक


बोरिस जोनसन

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शेक परेको छ । उहाँकी माता कार्लोट जोन्सन वाहलको ७९ बर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँ व्यवसायिक चित्रकार हुनुहुन्थ्यो ।

उहाँलाई ४० बर्षको उमेर देखि नै पार्किन्सन रोगले दुःख दिदै आएकोमा अहिले उपचार सफल नभइ उहाँको निधन भएको हो ।

स्थानीय सञ्चार माध्यमहरुले असामयिक रुपमा उहाँको निधन भएको र त्यसप्रति धेरैले दुःख व्यक्त गरेको समाचार प्रकाशन गरेका छन् । लेबर पार्टीका नेता सिर कैर स्तारमरले प्रधानमन्त्री जोन्सनको आमाको निधन भएको खवरले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । उहाँले जोन्सन परिवारप्रति समवेदना पनि व्यक्त गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !