७ बैशाख २०८१, शुक्रबार

म्यानमारका सैनिक शासकले आफैलाई गरे प्रधानमन्त्री घोषणा


Myanmar

काठमाडौँ । कूमार्फत् सत्ता हत्याएका म्यानमारका सैनिक शासकले आफूलाई कू गरेको ६ महिनापछि देशको प्रधानमन्त्री घोषणा गरेका छन् । हिजो आइतबार टेलिभिजनमा प्रसारण भएको रेकर्डेड सम्बोधनमा सैनिक शासक मिन आङ ल्याइङ्गले आफूलाई संकटकालीन अवस्थाको प्रधानमन्त्री घोषणा गरेका हुन् ।

यसै वर्षको फेब्रुअरीमा राष्ट्रपति विन मिन्ट, नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सुकी लगायतलाई गिरफ्तार गर्दै सत्ता हातमा लिँदै म्यानमार सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको थियो ।

सेना प्रमुख ह्लाइङले म्यानमारमा २ वर्ष संकटकाल थप्ने संकेत पनि गरेका छन् । सन् २०२३ को अगस्टसम्म संकटकाल थप्ने म्यानमार सेनाको योजना रहेको बुझिएको छ ।

उनले आफ्नो सरकारले बहुदलीय प्रतिष्पर्धात्मक चुनाव गराउने दाबी गरे । उनले आफ्नो सरकारलाई कामचलाउ सरकार पनि भनेका छन् । उनले सन् २०२३ को अगस्टसम्ममा अहिलेको संकटकालीन अवस्थाले आफ्नो उद्देश्य पूरा गर्ने बताए ।

यसको अर्थ अझै दुई वर्ष म्यानमारमा सैनिक शासन जारी रहने भएको छ । गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याउँदा उनले एक वर्षभित्र चुनाव गराउने बताएका थिए। अहिले उक्त समय बढाएर साढे दुई वर्ष पुर्‍याइएको हो ।

गत वर्ष भएको चुनावमा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुचीको पार्टीले भारी बहुमत ल्याएको थियो। म्यानमारको सैनिकले उक्त चुनावमा धाँधली भएको भन्दै सांसदहरूले सपथ लिने दिने कू गरिदिएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !