८ पुस २०८१, सोमबार

ट्युनिसियाली समुद्रमा डुङ्गा दुर्घटना, ४३ अवैध आप्रवासीको मृत्यु


४३ अवैध आप्रवासीको मृत्यु

ट्यूनिस । अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुङ्गा ट्युनिसियाली सामुद्रिक तटमा दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

लिबियाको जुवारा बन्दरगाहबाट आप्रबासी लिएर छुटेको डुङ्गा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो । एक सय २७ जना आप्रावासी चढेको उक्त डुङ्गा दुर्घटनामा परेका कम्तीमा ८४ जनाको उद्धार गरिएको छ ।

मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । डुङ्गामा लिबिया, सुडान, बङ्गलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु यात्रारत रहेको बताइएको छ ।

डुङ्गा दुर्घटना हुनुको प्रमुख कारण इन्जिनमा आएको खराबी भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । दुघंटनाग्रस्त डुङ्गामा क्षमताभन्दा बढी यात्रु सवार थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !