७ जेष्ठ २०८१, सोमबार

फ्रान्समा यौनसम्बन्धी नयाँ कानुन, १५ वर्ष अघि यौनसम्बन्ध राखे बलात्कार


france

एजेन्सी, २३ फागुन । फ्रान्सले यौनसम्बन्धी नयाँ कानुन ल्याउने तयारी गरेको छ । नयाँ कानुनअनुसार १५ वर्षभन्दाअघि जोसुकैले यौन सम्बन्ध राखेमा त्यो बलात्कार ठहर हुनेछ । यसअघि पहिलो यौन यस प्रकारको कुनै कानुन नहरेको र यसले गर्दा बलात्कार हो कि सहमतिमै हो भन्ने ठहर हुन सकेको थिएन ।

फ्रान्सकी लैंगिक समानतामन्त्री मार्लीन शियप्पाले भनिन् ‘यो नयाँ कानुनमा उमेरको सीमा हुनेछ जसले गर्दा युवा युवतीहरु बाध्य भएर यौनसम्बन्ध बारेमा सोच्नेछन् ।’ यसअघि ११ वर्षीया युवतीको बलात्कार हुँदा पनि कानुन अभावमा बलात्कारीले उन्मुक्ति पाएका थिए ।

यसअघि कुनै हिंसा वा जवजस्ती भएको नपाइएमा पीडकलाई बलात्कारको नभई यौन उत्पीडन गरेको सामान्य अभियोग मात्र लाग्ने प्रावधान थियो । यस्तो अपराधका लागि बढीमा पाँच वर्ष जेलसजाय र ८७ हजार अमेरिकी डलर जरिवाना हुने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !