७ जेष्ठ २०८१, सोमबार

बेलायती बक्सरको खेल जितेको केही समयमै निधन


SKAT BESHTGRATH

एजेन्सी, १५ फागुन । बेलायती प्रोफेस्नल बक्सर स्कट वेष्टग्राथको ३१ वर्षको उमेरमा निधन भएको छ । खेलमा जित निकालेको केही समयपछिनै बेहोस बनेका उनको उपचारका क्रममा निधन भएको हो ।

शनिबार भएको लाइट हेभिवेट फाइटको इलिमिनेटर राउन्ड जितेको केही घन्टापछि उनको उपचारका क्रममा निधन भएको बेलायती सञ्चारमाध्यामहरूले जनाएका छन् । खेल सकिएलगत्तै सञ्चारमाध्यमसँगको कुराकानी पछि स्टक ब्याकस्टेजमा बेहोस भएर लडेका थिए । जसका कारण उनलाई तत्कालै अस्पताल लगिएको थियो तर, उपचारका क्रममा उनको निधन भएको ब्रिटिस बक्सिङ संघले जनाएको छ ।

स्कटको निधनपछि यतिवेला बेलायती बक्सिङ खेलाडी आश्चार्यमा परेका छन् भने ब्रिटिस बक्सिङ संघले खेलाडीको सुरक्षाका लागि नयाँ नियम बनाउनुपर्ने माग विश्व बक्सिङ महासंघलाई राखेको छ । इलिमिनेटर फाइट जितेपछि स्कटले अर्को राउन्‍डमा कुर्टिस उडहाउससँग खेल्ने तालिका थियो तर त्यो पनि रद्द भएको छ ।

व्‍यावसायिक करियरमा उनले यसअघि ६ वटामा जित दुई हार र एक बराबरी बाउट खेलेका थिए । खेललगत्तै मृत्यु हुने स्कट एक्लो खेलाडी भने होइनन् । गत जुन महिनामा क्यानडाका टिम हग पनि रिङमा उत्रिएको दुई दिनपछि ज्यान गुमाउन पुगेका थिए । यस्तै, स्कटल्यान्‍डका माइक टावेलको २०१६ मा ब्रेन इन्जुरीका कारण मृत्यु भएका थियो । जसका कारण अघिल्लो साता टावेलका प्रतिद्वन्‍द्वी डेल इभान्सले बक्सिङमा चिन्ता र डर धेरै भएको भन्दै संन्यास लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !