नयाँ दिल्ली । भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड-१९ को संक्रमणपछि उपचारका क्रममा निधन भएको छ । पत्रकार सरदानालाई अप्रिल २४ मा संक्रमण पुष्टि भएको थियो । उनले दिल्लीस्थित नोयडाको मेट्रो अस्पतालमा मृत्यु भएको उनी कार्यरत भारतीय समाचार संस्था आजतकले समाचारमा उल्लेख गरेको छ ।.
जी-न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट निकै चर्चित उनले सन् २०१७ मा जी-न्यूज छाडेर आजतकमा गएका थिए । आजतकबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘दंगल’ का कार्यक्रम सञ्चालक सरदानाको निधनमा भारतीय राजनीतिज्ञ र सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् ।
बिहीबारसम्ममा भारतमा पछिल्लो २८ दिनमा कोरोनाका कारण ५२ जना र पछिल्लो एक वर्षमा कोभिड–१९ का कारण १०१ जना पत्रकारको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाका छन् ।