१४ बैशाख २०८१, शुक्रबार

बन्दुकधारीहरुको आक्रमणमा कम्तीमा चार सैनिक मारिए


मृत्यु

ओवागाडोउगोउ । उत्तर–मध्य बुर्किना फासोमा बुधवार बन्दुकधारीहरुको आक्रमणमा परी कम्तीमा चार सैनिकले ज्यान गुमाएका छन् । यस आक्रमणमा अन्य दुई घाइते भएका सुरक्षा स्रोतहरूले सिन्ह्वा सामाचार समितिलाई जानकारी दिएका छन् ।

सन् २०१५ बाट नै बुर्किना फासोमा आतङ्ककारी हमलाको कारण बिग्रिएको सुरक्षा अवस्थाको सामना गरिरहेका छन । सो समयबाट हालसम्म यस्ता हमलाहरुमा परी एक हजार भन्दा बढीको ज्यान गएको छ र हजारौं विस्थापित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !