१२ बैशाख २०८१, बुधबार

भारतमा एकैदिन १ लाख ४५ हजार नयाँ कोरोना संक्रमित थपिए


भारतमा कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकै दिन झण्डै डेढ लाख संक्रमित भएका छन् । यो संख्या कोरोना भाइरस महामारी शुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १ लाख ४५ हजार ३८४ जना संक्रमित भएका हुन् । यसअघि अघिल्लो एकै दिनमा १ करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १० लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोना भाइरसमुक्त भएका छन् भने अहिलेसम्म कोरोना भाइरस मुक्त भएकाहरुको संख्या १ करोड १९ लाख ९० हजार ८५९ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !