७ जेष्ठ २०८१, सोमबार

अमेरिकामा परमाणु हमला भए कहाँ लुक्नेछन् राष्ट्रपति ट्रम्प? यस्ता छन् बंकर


america

एजेन्सी, १ फागुन । अमेरिकामाथि परमाणु हमलाको खतरा भयो वा परमाणु हमला भयो भने राष्ट्रपति डोनाल्ड ट्रम्प कहाँ जालान् ? कहाँ लगिएला राष्ट्रपति ट्रम्पलाई? पूर्व राष्ट्रपति ट्रुमेनदेखि लिएर अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प सबै अमेरीकी राष्ट्रपतिहरूका लागि यस्तो खतराको स्थितिबाट सुरक्षित रहनका लागि बंकरको व्यवस्था गरिएको छ ।

परमाणु बम हमला हुने खतराको संकेत देखापर्नेबित्तिकै ट्रम्पलाई बंकरमा लगिनेछ । उनलाई लगिने बंकरमध्ये एउटा बंकर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमुनि छ । उक्त बंकर सन् १९५० मा निर्माण गरिएको थियो । दोस्रो बंकर भर्जिनिया राज्यको ब्लू रिज माउन्टेनमा रहेको माउन्ट वेदर नाम दिइएको पहाडमा बनाइएको छ ।

अमेरिकाको जल सेनाले ‘पिनट आइल्यान्ड’मा पनि एक बंकर निर्माण गरिएको थियो। उक्त बंकर राष्ट्रपति जोन एफ केनेडीका लागि तयार पारिएको थियो । उक्त बंकर फ्लोरिडा रज्यको ‘पाम बिच हाउस’को नजिकै रहेको छ । पिनट आइल्यान्डमा रहेको बंकरको प्रवेशद्वार त्यहाँ बंकर बनाउनुको कारण थियो, केनेडी बारम्बार त्यो ठाउँमा आवतजावत गर्नु । केनेडी घुम्न जाने ‘पाम बिच हाउस’ र उनको सुरक्षाका लागि निर्माण गरिएको बंकरको दूरी १० मिनेटको मात्रै रहेको छ ।

उक्त बंकरलाई अमेरिकामा ‘डिट्याचमेन्ट होटल’ अर्थात् सम्पर्कबिहीन होटल पनि भनिन्छ । उक्त बंकरको निर्माणमा ९७ हजार अमेरिकी डलर खर्च भएको बताइन्छ। त्यसो त खर्बपति व्यापारी ट्रम्पको आफ्नै निजी बंकर पनि छ । फ्लोरिडाको ‘मार ए लागो’ नामक निजी सम्पतिका रूपमा उनको आफ्नै बंकर छ । कोको जान सक्छन् बंकरमा ? अमेरिकी राष्ट्रपतिका लागि भनेर सरकारले निर्माण गरेका बंकर ३ वटा मात्रै छन् । त्यसमा ह्वाइट हाउस, पिनट आइल्यान्ड र माउन्ट वेदरमा रहेका छन् । पिनट आइल्यान्डमा रहेको बंकरमा राष्ट्रपतिसँगै उनका दर्जनौँ सहयोगी र सचिवालयका मान्छे जान सक्छन् ।

यो बंकर ३० जना क्षमताको बनेको छ । अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको हमलाका बेला ह्वाइट हाउसमा रहेको बंकरमा तैनाथ सेना रोबर्ट डार्लिङका अनुसार उक्त बंकरमा राष्ट्रपतिका अलावा शीर्ष पदमा रहेकाहरूको सुरक्षाका लागि व्यवस्था गरिएको छ । डार्लिङ भन्छन्, ‘अमेरिकामाथि ११ सेप्टेम्बरपछि उपराष्ट्रपति डिक चेनीले बंकरवाटै काम सम्हालेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !