८ पुस २०८१, सोमबार

दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी, ४१ को मृत्यु


KOREA

एजेन्सी, १२ माघ । दक्षिण कोरियाको मिरयाङ सहरमा रहेको सेन्जेङ अस्पतालमा भीषण आगलागी भएको छ । आगलागीमा परेर ४१ जनाको मृत्यु भएको छ । आगलागीबाट ७० घाइते भएको र उनीहरुको अवस्था गम्भीर भएकोले मृतकको संख्या बढ्नसक्ने सरकारी अधिकारीले बताएका छन् ।

समाचार संस्था यॉनहापका अनुसार अस्पतालमा मुटुका रोगीहरुको उपचारका लागि प्रसिद्ध यो अस्पतालमा मुटु रोगका बिरामीको भीड लाग्ने गर्दछम । घाइते मध्ये ११ जनाको अवस्था चिन्ताजनक रहेको सरकारी अधिकारीहरुले बताएका छन् । आगलागीका बेला उक्त अस्पतालमा २०० भन्दा बढी बिरामी भर्ना भएको र केहीलाई सुरक्षित रुपमा बाहिर निकालिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !