६ बैशाख २०८१, बिहिबार

अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडेन जित नजिक, ट्रम्प अदालतको शरणमा


अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडेन जित नजिक, ट्रम्प अदालतको शरणमा

एजेन्सी, कार्तिक २० । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् भने आफू हारको नजिक पुगेपछि डोनाल्ड ट्रम्प अदालतको शरणमा पुगेका छन् । राष्ट्रपति पदमा निर्वाचित हुन आवश्यक २७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्नेमा अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २१४ भोट पाएका छन् ।

बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै बाइडेन जित नजिक पुगेका हुन् । अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ । हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ ।

बाइडेनले आफ्नो जित सुनिश्चित हुदै गएको बताएका छन्। तर बाइडेनको सम्भावना बढ्दै गएको देखिएको अवस्थामा राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

राष्ट्रपतिमा दोहोरिने चाहना कठिन मोडमा पुगेका ट्रम्पको चुनावी अभियानले विन्कन्सिनको मत पुनःगणना गर्नुपर्ने माग गरेका छन् । यस राज्यमा केही सय भोटले बाइडेन विजयी भएपछि उनीहरूले पुनः मतगणना गर्न माग गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ ।

हुलाकमार्फत मतदानको दिनपछि प्राप्त भएका मतपत्रलाई वैध नस्विकार्ने भन्दै ट्रम्पले अदालतको ढोका ढक्कक्याएका छन् । राष्ट्रपति ट्रम्पको अभियनले मिसिगन र पेन्सिलभेनियामा मतगणना रोक्न माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको हो ।

ट्रम्पले यसअघि नै मतदान सकिएपछि पनि मानिसहरुले भोट खसालिरहेको आरोप लगाएका थिए । उनले धाँधली भएको भन्दै मतगणना रोकिनुपर्ने माग गरेका थिए । निष्पक्ष रुपमा जनताले आफुलाई नै जिताएको उनको दाबी थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !