हनोई, १० साउन । भियतनामले मासुको प्रयोजनका लागि हुने वन्यजन्तुको आयातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । कोरोना भाइरस जस्ता जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोगबाट हुने खतराप्रति चासो देखाउँदै वन्यजन्तु बजार बन्द गर्ने निर्णय लिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
बिहीबार प्रधानमन्त्री नुग्येन जुआन फुकले हस्ताक्षर गरेको आदेशमा मृत वा जीवित कुनै पनि वन्यजन्तुहरूको आयातमा प्रतिबन्ध लगाइएको जनाइएको छ । प्रतिबन्धमा पंक्षीका फुल र लार्भासमेत समावेश हुनेछन् । आदेशमा यदि आदेशको उल्लङ्घन गरेको भेटिएमा वन्यजन्तु व्यापारमा सम्लग्नलाई अपराध कानून बमोजिम कडा सजाय हुने बताइएको छ ।
भियतनाम वन्यजन्तु उत्पादनहरूका लागि लोकप्रिय गन्तव्य हो । प्रायजसो लोपोन्मुख प्रजातिहरूको परम्परागत चिकित्सा वा विदेशी खाना तयार गर्नका लागि भियतनामले वन्यजन्तुको ठूलो मात्रामा आयात गर्ने गरेको छ ।
विश्वले कोभिड–१९ विरूद्धको लडाई लडिरहेका समय जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोग नियन्त्रणका लागि यो कदम लिइएको अधिकारीहरूले बताएका छन् ।
‘ह्युमानु सोसाइटी इन्टरनेशनल’ भियतनामका कन्ट्री निर्देशक फुंग थामले सरकारी निर्णयबारे भन्नुभयो, भियतनामका केही स्थानमा वन्यजन्तु बजारका कारण ठूलो समस्या रहेको छ । यसलाई अन्त्य गर्ने सरकारको प्रयास प्रसंशनीय छ ।
“वन्यजन्तुहरूबाट तयार हुने खानाप्रति यस्तो तीव्र वासना केवल यी प्रजातिहरूको अस्तित्व नै खतरामा पार्ने मात्र छैन । यसले कोरोनाभाइरसको प्रकोपलाई थप जटिल बनाउन सहयोगी देखेर सरकारले यो निर्णय गरेको छ । त्यसैले यो प्रतिबन्ध छिट्टै फुकुवा हुन सक्दैन,” थामले भन्नुभयो ।
“नयाँ निर्देशन र वन्यजन्तुको आयात अन्त्य गर्ने कामले जङ्गली जीवनको संरक्षणवादीहरूले वर्षौंदेखि घरेलु बजारमाथिको प्रतिबन्ध लगाउन गरेका सिफारिसहरूको प्रतिफल हो,” स्टिभ गाल्स्टरले भन्नुभयो ।
उहाँले कोभिड–१९ को महामारीका कारण हजारौँ सङ्क्रमित बने पनि महामारी रोक्ने एक उपायस्वरूप वन्यजन्तुको आयात तथा व्यापारमा सरकारले लगाएको प्रतिबन्ध एउटा राम्रो सुरूवात भएको र आगामी दिनमा यसले थप गति लिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले थप्नुभयो, “निर्देशन पूर्ण छैन किनकि अझै पनि अपवादमा जंगली जनावरहरुको व्यापार जारी गर्न को लागि अनुमति दिनेछ, तर यो एक राम्रो सुरुवात हो र आशा छ कि समयसँगै थप मजबूत बन्नेछ ।”