१२ आश्विन २०८१, शनिबार

अमेरिकाको टेक्सासमा गोलीकाण्ड, कम्तिमा २७ को मृत्यु


कार्तिक २०, टेक्सास | अमेरिकाको टेक्सासस्थित एउटा चर्चमा आइतबार भएको गोली काण्डमा २७ जनाको मृत्यु भएको छ भने २ दर्जन बढी घाइते भएको स्थानीय संचारमाध्यमहरुले बताएका छन्।

‘कम्तिमा पनि २७ जना मारिएको देखिएको छ। हामी छानबिन गर्दै छौँ’, टेक्सास्थित प्रहरीका अधिकृत गोमेज जुनियरले संचारमाध्यमलाई बताए। स्थानीयहरू जम्मा भएको एक चर्चमा बिहानको ११:३० मा छिरेको एउटा आक्रमणकारीले अन्धाधुन्ध बन्दुक आक्रमण गरेका थिए।

‘बाँकी कुराहरुको हामी छानबिन गरिरहेका छौँ। अहिलेसम्म हामीले पाएको रिपोर्ट अनुसार २७ जनाको मृत्यु भएको र कम्तिमा २५ जना घाइते भएको पाइएको छ,’ गोमेजले बताए। प्रत्यक्षदर्शीले प्रहरी अधिकारीलाई बताए अनुसार आक्रमणकारीक‍ोसमेत मृत्यु भएको छ।

स्रोत : बिबिसी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !