४ बैशाख २०८१, मंगलबार

बेलायतमा चारमध्ये एक जना खाद्य सङ्कटको जोखिममा : अध्ययन


बेलायत

लण्डन, ७ असार । कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ ।

कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरुले जानकारी दिएका छन् ।

खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरुले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा महसुस गरिरहेको जवाफ दिएका थिए ।

खाद्य असुरक्षासँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताहरुको निश्कर्ष छ ।

अध्ययनको मुख्य निश्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ ।

महामारीका बेलामा २५ प्रतिशत बयस्कहरुले खानाका लागि संघर्ष गर्नु परेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यही कारणले खाद्य असुरक्षा महसुस गरिएको र पौष्टिक आहारको अभाव भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !