७ बैशाख २०८१, शुक्रबार

सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी


सुरक्षा परिषद

न्यूयोर्क, ४ असार । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी भएका छन् । सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसंघ महासभाले तीन राष्ट्रलाई छनौट गरेको हो ।

एकसय ९३ सदस्यीय महासभामा १८४ राष्ट्रले मतदान गरेका थिए । राष्ट्रसंघ सुरक्षा परिषदमा स्थायी र अस्थायी गरी कूल १५ राष्ट्र सदस्य हुन्छन् । राष्ट्रसंघमा पाँच मुलुकहरु संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्र रहेका छन् भने बाँकी १० अस्थायी सदस्यहरु निर्वाचनबाट छनौट हुने व्यवस्था छ ।

राष्ट्रसंघ सुरक्षा परिषदमा विजयी भएपछि प्रतिक्रिया दिँदै राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि टि एस तिरुमुर्तीले राष्ट्रसंघको सुरक्षा परिषदमा भारत निर्वाचित भएकामा गौरवको अनुभूति भएको बताउनुभएको छ ।

कोरोनाभाइरस महामारीलाई ध्यान दिएर राष्ट्रसंघको मुख्यालयमा भएको मतदानमा आयरल्यान्डले १२८ मत पाएको थियो भने केन्याले ११३ मत पाएको थियो । नर्वे पनि युरोपेली समूहबाट निर्वाचित भएको छ ।

तर, राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा चुनाव लडेको क्यानाडा भने पराजित भएको छ । क्यानाडाले आवश्यक दुई तिहाई मत प्राप्त गर्न असफल भएको थियो ।

क्यानाडेली संचार माध्यमहरुका अनुसार उत्तर अमेरिकी मुलुक क्यानाडाले १०८ मत मात्र प्राप्त गरेको थियो । यो सहित क्यानाडा लगातार दोस्रो पटक पराजित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !