१३ बैशाख २०८१, बिहिबार

गृह मन्त्रालयलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन मानव अधिकार आयोगको आग्रह


गृह मन्त्रालय

जेष्ठ १८, काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ का चक्रबहादुर खत्रीलाई सर्वोच्च अदालतको आदेशविपरीत पटक-पटक गिरफ्तार गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गृह मन्त्रालयलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै आयोगले खत्रीलाई अपमानपूर्वक पक्राउ गरेर अज्ञात अवस्थामा राखिएको सम्बन्धमा गृह मन्त्रालयलाई २४ घन्टाभित्र जवाफ पेस गर्न स्पस्टीकरण सोधिएको जनाएको छ । ‘खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निजउपर अपमानजनक व्यवहार गरिएको तथा सर्वोच्चबाट पटकपटक जारी भएका आदेशको बेवास्ता गरिएको सम्बन्धमा चौबीस घण्टाभित्र जवाफ पठाउन आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ,’ विज्ञप्तिमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !