२१ बैशाख २०८१, शुक्रबार

बोको हरामद्वरा अपहरित बालिकाहरु जिवित रहेको खुलसा


Bring Back Our Girls

इस्लामवादी समूह बोको हरामले नाइजेरिया सरकारलाई पठाएको एउटा भिडियोले दुई बर्षअघि सन् २०१४ अप्रिल १५ का दिन चिबोक शहरबाट बन्धक बनाइएका २ सय ७६ बालिका मध्ये केही अझै जीवितै रहेको पाइएको छ। क्रिसमसको दिन खिचिएको उक्त भिडियो सिएनएन समाचारले प्रसारण गरेको छ जसमा कालो बुर्का लगाएका १५ जना केटीहरु देखिन्छन्। ती बालिकाहरुलाई रिहा गराउन विफल भएकोमा नाइजेरियाली सरकारको आलोचना हुँदै आएको छ।
नाइजेरियाको विद्यालयबाट बोको हराम समूहले बन्धक बनाएका मध्ये तत्कालै भागेका केही छात्रा बाहेक अन्य एक जना पनि फेला परेका छैनन्। विद्यालयबाट बन्धक बनाइएका ती बालिकालाई खोज्न मद्दत गर्ने प्रतिबद्धता अन्तर्राष्ट्रियस्तरबाट व्यक्त गरिएको थियो।
उक्त घटना पछि ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरनले संसदमा उभिएर छात्राहरु फिर्ता ल्याउन मद्दत गर्ने बताएका थिए। अमेरिकी प्रथम महिला मिसेल ओबामाले पनि त्यस्तै प्रतिबद्धता जनाइएकी थिइन्। त्यस बेला सत्तामा रहेको नाइजेरियाको सरकारले उक्त अपहरणलाई खासै वास्ता नगरेपछि ‘ब्रिंग ब्याक आवर गर्ल्स’ अर्थात ‘हाम्रा बालिका फिर्ता ल्याउ’ भन्ने सन्देश सामाजिक संजाल ट्विटरमा जताततै लेखिएको थियो।
ब्रिटेन, अमेरिका र फ्रान्सले हतियारविहीन गुप्तचर विमानहरु पठाएर संकलन भएका सुचना नाइजेरियाली सरकारलाई पनि उपलब्ध गराएका थिए। हवाई निरिक्षणका क्रममा केही हप्तापछि केही सम्भावित चिबोक छात्रा सहित ८० जना व्यक्ति देखिएका थिए र त्यसबारेको नाइजेरियालाई जानकारी गराइएको थियो। निक्कै कठिन भएकाले ठूलो संख्यामा बन्धक बनाइएका छात्राहरु छुटाउन फौजी कारबाही चलाइएको छैन्। संसदमा निर्वाचित एक जना नाइजेरियाली वार्ताकार सेहु सानीले परिणाम निकाल्ने हो भने बोको हरामसँग गोप्य रुपमा वार्ता गर्नुपर्ने बीबीसीलाई बताए। चिबोक छात्राको अपहरणपछि बोको हराम समूहले सयौँ गैरसैनिकहरुलाई अपहरण गर्ने भूभाग कब्जा गर्ने लगायतका काम गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !