१२ बैशाख २०८१, बुधबार

बर्दिबासमा गएराति बम विष्फोट


भाद्र २१, महोत्तरी | महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको हो ।

नगरपालिका कार्यालय अगाडि रहेको बालुवाको ढेरमाथि स्टीलको खाजा खाने बक्सामा बारुद भरेर बनाइएको बम विष्फोट गराएको प्रहरी उपरीक्षक कठायतले बताउनुभयो ।

बम विष्फोटबाट कुनै पनि मानवीय वा भौतिक क्षति नभएको तथा नेपाली सेनाको फस्ट राइफल गणका डिस्पोजल टोलीले सो स्थानमा गएर थप बमको खोजतलाश गरेकोमा केही पनि फेला नपरेको र अहिले सो स्थानको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यता आज स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता कार्यक्रम रहेकाले बर्दिबासमा व्यापकरुपमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !