४ जेष्ठ २०८१, शुक्रबार

काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगन


प्रतिनिधिसभा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज आधा घण्टाको लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।

सङ्घीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारणबस बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक यही माघ २६ गते दिउँसो १ बजे बस्ने निर्धारण गर्नुभएको जनाइएको छ ।

आजको पहिलो बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिनुभएको थियो । सांसद विश्वकर्माले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई अख्तियार दुरुपायेग अनुसन्धान आयोगले मुद्दा दायर गरेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताउनुभएको थियो । काँग्रेसको विरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो ।

काँग्रेसले सोही विषयलाई लिएर बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो । यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !