१६ जेष्ठ २०८१, बुधबार

अमेरिकी संसदमा ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक दर्ता


USA

अमेरिकी संसदमा ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक दर्ता! अमेरिकी संसदमा ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक दर्ता भएको छ। रिपब्लिकन सिनेटरहरु टम कटन र डेविड पर्डयूले उक्त विधेयक संसदमा दर्ता गराएका हुन्।

विद्येयक पारित भए ‘डिभी चिठ्ठा’को सुविधा पाएका नेपालीमाथि प्रभाव पर्नेछ। सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन बनेपछि अमेरिकाले ‘डिभी चिठ्ठा’मार्फत आप्रवासीलाई स्थायी बसोबासको व्यवस्था गर्दै आएको छ।

‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ नामक विधेयकलाई संसदले पारित गरे ‘डिभी चिठ्ठा’ बन्द हुनेछ। उक्त विधेयक पास भएको खण्डमा अमेरिकाले प्रति वर्ष ५० हजारका दरले प्रदान गर्दै आइरहेको ‘डिभी चिठ्ठा’ भिसा बन्द हुनेछ ।

अमेरिकामा आप्रवासीहरुको संख्या कम गर्नु पर्ने भन्दै उनीहरुले ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक संसदमा दर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। संसदमा दर्ता भएको विधेयक पास भएपनि सन् २०१८ को ‘डिभी चिठ्ठा’लाई भने असर पर्ने छैन। – एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !