१४ बैशाख २०८१, शुक्रबार

धुलाम्य काठमाडौं- काम सकिने कहिले ?


Kathmandu road

सडक विभाग, महानगर र स्थानीय समितिले काठमाडौं उपत्यकामा जताततै बाटोको काम सुरु गरे तर पूरा गरेनन् । समयमै निर्माण नसक्नुमा भूकम्प र नाकाबन्दी त जोडिएकै छ, काम गर्ने सम्बन्धित निकायको सुस्ते पारा पनि हेर्नलायक देखिन्छ ।
उपत्यकाका मुख्यबाटाहरु उधिनेको पाँच वर्ष बितिसकेको छ तैपनि निर्माण सकिएको छैन । यदाकदा बनिसकेका सडक पनि भत्किसकेका छन् । यसैले काठमाडौंका अधिकांश सडक धुलाम्य छन् । बाटोमा गाडी गुड्दा पैदलयात्रीको सास रोकिन्छ । यसै पनि काठमाडौंलाई विश्वकै प्रदुषित सहर भनिएको छ । सुरु भएको उहिले, काम सकिने कहिले ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !