९ जेष्ठ २०८१, बुधबार

टोखामा पाँचसय घर पुनःनिर्माण


Nepalpatra

काठमाडौँ, ३१ वैशाख । ऐतिहासिक र धार्मिक महत्वको स्थान टोखा नगरपालिकामा भूकम्पपछि ५०० घर पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएका एक हजार ७४५ घरमध्ये ५०० घरमात्र पुनःनिर्माण भएको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले भूकम्पले क्षति पु¥याएका एक हजार ७४५ घरमध्ये एक हजार ६२४ घर पुनःनिर्माणका लागि नगरपालिकाले अनुदान सम्झौता गरेकामा एक हजार ५८६ घरले पहिलो किस्ता, ६७० घरले दोस्रो किस्ता र ५०० घरले घर पुनःनिर्माण गरेर अन्तिम किस्तासमेत लिइसकेका छन् ।

नगरपालिकाले प्रतिघर पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत रु एक लाख प्रदान गर्दै आएको छ । गोङ्गबुदेखि नुवाकोटसम्म फैलिएको उक्त नगरपालिकामा विसं २०६८ को तथ्याङ्कअनुसार २५ हजार ५६१ घरधुरीमा ९९ हजार ३२ सङ्ख्या थियो । झोर महाँकालको बौडेश्वर महादेव, चण्डेश्वरी, सपनतीर्थ, टोखा सरस्वती, इन्द्रेणी, भूतखेल चौर, वसुन्धरादेवी, मनोहरतीर्थ, बीचविनायकलगायत ऐतिहासिक तथा धार्मिकस्थल टोखामा छन् ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनःनिर्माणका लागि रकम वितरण गर्दै आएको बताउनुभयो । “घरको क्षतिको आधारमा वडाबाट आएको सिफारिसका आधारमा रकम प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । भूकम्पले क्षति पु¥याएका ऐतिहासिक तथा धार्मिक संरचना भने पुरातत्व विभागको सहकार्यमा पुनःनिर्माण प्राधिकरण र नगरपालिकाले पुनःनिर्माण गर्न लागेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !