५ जेष्ठ २०८१, शनिबार

संस्थागत हित र गुणस्तरीयतामा जोड : महाप्रबन्धक शर्मा


rss

१० फागुन, पोखरा । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले राससकर्मीलाई संस्थागत हित र गुणस्तरीय समाचार उत्पादन गर्न निर्देशन दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घको बिहीबारदेखि पोखरामा जारी केन्द्रीय साधारणसभा एवं विधान अधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट आएका राससकर्मीको गण्डकी प्रदेश कार्यालयमा आयोजित भेलामा उहाँले समाचारमा गुणस्तरीयता कायम गर्दै संस्थाप्रतिको विश्वासलाई अभैm बलियो बनाउन र समाचारका माध्यमबाट जनता र राज्यलाई जोड्नुपर्ने बताउनुभयो ।

ठूला राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सेवाग्राही रहेकोे सेवामूलक संस्था राससको गुणस्तर वृद्धिका लागि तालीमका साथै पूर्वाधार व्यवस्थापनलाई प्राथमिकतामा राखिनेमा महाप्रवन्धक शर्माले जोड दिनुभयो । राससका सञ्चालक सदस्य दयाराम दाहालले समाचार सेवाको गुणस्तरीयताका लागि नियमित तालीम गर्ने तयारी भइरहेको बताउनुभयो ।

राससमा ग्राहक वृद्धि गर्न नयाँ कार्ययोजना ल्याइएको र जिल्ला समाचारदाताको पनि आयआर्जनको योजना र शाखा कार्यालयका पूर्वाधार निर्माणजस्ता काम पनि अघि बढाइने जानकारी दिनुभयो ।

कार्यकारी सम्पादक शीतल महतोले राससप्रतिको आस्था विश्वास बढिरहेको बताउँदै समाचार एवं फोटो सेवाप्रतिको विश्वासलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जिल्ला समाचारदाता संयोजक प्रकाश सिलवालले जिल्लाबाट आउने समाचारलाई अधिकतम गुणस्तरीय एवं खोजमूलक बनाउने गरी तयार गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घ रासस शाखा अध्यक्ष नारायण घिमिरे, रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख प्रभाषचन्द्र झा, उपसमाचारदाता वासुदेव पौडेललगायतले रासस समाचार सेवाका विविधि विषयमा चर्चा गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !