६ जेष्ठ २०८१, आइतबार

म्याद नाघेको अखाद्य वस्तु नष्ट


Nepalpatra

१९ माघ, भक्तपुर । भक्तपुर नगरपालिकाको अनुगमन टोलीले म्याद नाघेको सामान बिक्री गर्ने पसलको सबै अखाद्य वस्तु नष्ट गरी पसल गोदाममा शिलबन्दी गरेको छ ।

भक्तपुर नगरपालिका–१ चुनदेवी स्थानमा रहेको चुनदेवी किराना पसलमा अनुगमन टोलीले आज छापा मार्दा प्रकारका म्याद नाघेका खाद्यान्न पदार्थ भेटेपछि नष्ट गरेर पसल शिलबन्दी गरेको अनुगमन टोलीका संयोजक राजकृष्ण गोराले बताउनुभयो । पसल दर्तासमेत नभएको पाइएको थियो । पसल फोहर भएको, म्याद नाघेको विभिन्न ब्राण्डका विस्कुट, तोरीको तेल, सुजीको पिठो, जिरा मसला, आटालगायतका विभिन्न ब्राण्डका म्याद नाघेका खाद्य पदार्थ टोलीले नष्ट गरेको छ ।

अनुगमन टोलीले गोदाममा रहेको म्याद नाघेको तेल, घ्यू, चामल, आटालगायत सामान रहेको गोदाममा शिलबन्दी गरी तत्काल नगरपालिकामा सम्पर्क गर्न निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । ((रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !