४ जेष्ठ २०८१, शुक्रबार

रवि लामिछाने र निकिता पौडेलले गरे ‘कोर्ट म्यारिज’, परम्परागत बिहे वैशाखमा


rabi and nikita

७ माघ, काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन् । उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो ।

रवि र निकिता दुबै डिभोर्सी हुन् । रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए । निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो । रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा ‘हट टपिक’ बनेका थिए ।

रबि ले फेस बुकमा लेखेका छन् । “ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला आदालतमा बिवाहा दर्ता गरेका छौं । यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो । हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद ।”

परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ । यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो । कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला । हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ । हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ । र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ । अहिले उनको स्टाटस मा हजारौले शुभकामना दिएरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !