४ बैशाख २०८१, मंगलबार

अब लाइसेन्सको फारम बुझाउन रातभरि लाइन बस्न नपर्ने


licence line

७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने छ ।

बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको निर्देशनलगत्तै मन्त्रालयले कार्यालय विस्तारको निर्णय गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाएर यथाशीघ्र यातायात व्यवस्था कार्यालय थप गरेर सहज र छिटो काम हुने अवस्था सिर्जना गर्न निर्देशन गरेको सचिवालयका कर्मचारी मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

निर्देशनलगत्तै यातायातमन्त्री लेखकले मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय थप गर्ने निर्णय गरेका हुन् । मन्त्री लेखकले छिटोमा दुई साता र ढिलोमा तीन साताभित्र थपिने कार्यालयहरू सञ्चालनमा आउने बताए ।

थप तीनवटा कार्यालय सञ्चालनमा आएपछि मोटरसाइकल र गाडीको लाइसेन्स नयाँ निकाल्ने, नवीकरण गर्ने गराउने र सवारी साधनको कर तिर्ने काम छुट्टाछुट्टै स्थान, काउन्टरबाट गरिने र त्यसो गर्दा सेवाग्राहीलाई सहज हुनुका साथै काम व्यवस्थित र छिटो हुने उनको भनाइ छ ।

सवारीचालक अनुमति पत्रको फाराम बुझाउनसमेत सेवाग्राहीहरू रातभरि लाइन बस्नु परेको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले काठमाडौँमा दुईवटा र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप गरेर छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !