९ जेष्ठ २०८१, बुधबार

अन्यौलताका बीच कङ्गोमा मतदान


Nepalpatra

१५ पुस, किन्शास । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा अन्यौलता र विबादका बीच आइतबार मतदान भएको छ ।

निर्वाचन स्थगित गरेर पछाडी सार्ने की डिसेम्बर ३० आजकै दिन गर्ने भन्ने बारेमा अन्यौलताका बीच मतदान भएको हो ।

आफ्नो भविष्य निर्धारण गर्न देशभरी ठूलो संख्यामा मतदाताहरु मतदानमा सहभागी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रपति सोजेफ काबिलाको कार्यकाल सकिएकाले नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनका क्रममा केही हिंसात्मक घटनाहरु भएका थिए ।

यसअघि तय गरेको निर्वाचन पछाडि सारिएकाले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा विपक्षीहरुले आशङ्का गरेका छन् ।

संयुक्त राष्ट्रसंघले यसअघि तय गरिएको निर्वाचनको वातावरण, स्वच्छता र निष्पक्षतामा प्रश्न उठाएपछि निर्वाचन पछाडी सरेर अहिले भएको हो ।

राष्ट्रपति काबिलाले भने निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनेमा आशङ्का नगर्न आह्वान गर्दै निर्वाचनमा सक्रिय सहभागी हुन सवैलाई आग्रह गर्नु भएको छ ।

राष्ट्रपति काबिला विगत १७ बर्षदेखि लोकतान्त्रिक गणतन्त्र कङ्गोको राष्ट्रपतिको रुपमा रहनु भएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !