१५ बैशाख २०८१, शनिबार

टर्कीमा विवाह समारोहमा बम विस्फोट, कम्तीमा ३० को मृत्यु, ९४ घाइते


turkey

काठमाडौं, ५ भदौ — टर्कीको गाजियानटेप शहरमा भइरहेको एक विवाह समारोहमा बम विस्फोटन हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ९४ जनाभन्दा बढी घाइते भएका छन् ।

टर्की सरकारले यसलाई आतंकवादी आक्रमणको संज्ञा दिएको छ र कुनै आत्मघाती आक्रमणकारीले यो घटना गराएको बताएको छ ।

कुर्दिशबहुल इलाका गाजियानटेपभन्दा सिरियाली सीमा ६४ किमी पर छ ।

टर्कीका उपप्रधानमन्त्री महमत सिमसेकले उक्त आक्रमण बर्बर भएको टिप्पणी गर्दै ईश्वरको चाहना बमोजिम आफूहरू विजयी हुने बताए ।

विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू बस्ने इलाकामा यो घटना भएको थियो ।

विवाहको भोजमा रमाइरहेकाहरू सडकमा खुशियाली मनाइरहेका बेलामा यो विस्फोटन भएको थियो । विस्फोटको आवाज शहरभरि गुन्जिएको थियो ।

हालसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी नलिएको भएपनि सरकारी स्रोतका अनुसार कुख्यात आतंकवादी समूह आइएसको यसमा हात छ ।

हालैका दिनमा टर्कीमा लगातार आतंकवादी आक्रमण भइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !