७ मंसिर २०८१, शुक्रबार

सहमतिपछि अनसन तोडियो


cg;g tf]8b} u[x dGqfno;Fusf] ;xdtLkl5 cg;g/t hgo’4sf 3fO{t] tyf ckfªun] ;f]daf/ jL/ c:ktfndf cg;g tf]8b} . t:jL/ M gf/fo0f 9’ªufgf, sf7df8f}F

९ पुस, काठमाडौँ । विभिन्न माग राखेर अनसन बस्दै आएका जनयुद्धका घाइते तथा अपाङ्ग र गृहमन्त्रालयबीच आज सहमति भएको छ ।

आजको छलफलमा चार बुँदे सहमतिपछि गत मङ्सिर २७ गतेदेखि चलेको अनसन तोडिएको हो । आज भएको छलफलमा अनसन टुङ्ग्याउने, थुनामा रहेका युवराज विकलाई आजै रिहा गर्ने, गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते अपाङ्गको उपचार तत्कालै शुरु गर्ने र नेपाल मेडिकल बोर्डले बाहिर लगेर उपचार गर्न सिफारिस गरेकालाई उपचारका लागि पहल गर्ने सहमति भएको छ ।

यस्तै उनीहरुको अनसन र उपचारको क्रममा लागेको खर्च सरकारले बेहोर्ने, उनीहरुका अन्य मागका सम्बन्धमा सरकारलाई सिफारिस गर्न गृहमन्त्रालय जनक्रान्तिका घाइते अपाङ्ग योद्धा सङ्घका प्रतिनिधि र कानून विज्ञ सम्मिलित एक कार्यदल गठन गर्ने सहमति भएको गृहमन्त्रालयले जनाएको छ ।

कार्यदललाई प्रतिवेदन तयार पार्न तीन महिनाको समय दिइएको छ । छलफलमा गृहमन्त्रालयका तर्फबाट सहसचिव ईन्दु घिमिरे र अनसनरत पक्षका तर्फबाट पदमराज परियार, प्रेमराज गिरी, नरबहादुर रोका, चन्द्रप्रकाश विक र पार्वती पुन सहभागि हुनुहुन्थ्यो । सहमतिपछि आजै उनीहरुले अनसन तोडेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !