५ जेष्ठ २०८१, शनिबार

प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने


pradesh n 3

९ पुस, हेटौँडा । प्रदेश नं. ३ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक विश्वविद्यालय गठन गर्ने निर्णय गरेको छ । विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको हो ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेको शान्ति पार्क छनोट गरी निर्माण गर्न स्थान छनोट गर्ने, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची १ र २ तथा ऐनको संशोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सहकारीमा आधारित सामूहिक खेती योजना सञ्चालन गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !