६ बैशाख २०८१, बिहिबार

१५ प्रतिशत प्रोत्साहन भत्ता ट्राफिकलाई


trafic-police-ilam

सरकारले ट्राफिक नियम उल्लंघनकर्ता उठेको रकममध्ये १५ प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । यो निर्णयसँगै ट्राफिक प्रहरीले करिब ९ करोड रुपैयाँ पाउने भएका छन् ।असार २६ को मन्त्रिपरिषद बैठकले १५ प्रतिशत भत्ता ट्राफिक प्रहरीलाई दिन स्वीकृति जनाएको हो ।

आर्थिक वर्ष २०७१–७२ मा जरिवानावापत उठेको करिब ६० करोड रुपैयाँबाट ट्राफिक प्रहरीले उक्त रकम पाउने भएका हुन् । महानगरीय प्रहरी ट्राफिक महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कारबाही तीब्र बनाएपछि ट्राफिकलाई प्रोत्साहित गर्ने भन्दै सरकारले उठेको जरिवानाको १५ प्रतिशत उसैलाई दिने निर्णय गरेको हो । मन्त्रिपरिषदले त्यो रकम दिन सहमति दिएको हो । मापसे गरेर सवारी चलाएबापत २ सय जरिवाना बढाएर एक हजार गरिएको थियो । उक्त अभियानसँगै ट्राफिक प्रहरीको खटाई बढेको भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यसखाले निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !