५ जेष्ठ २०८१, शनिबार

ज्येष्ठ नागरिकलाई सम्मान


Nepalpatra

१६ असोज, नेपालगञ्ज । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँका असहाय ज्येष्ठ नागरिकलाई सोमबार सम्मान गरिएको छ ।

नेपालगञ्जस्थित नीलसागरमा असहाय ज्येष्ठ नागरिक सेवा केन्द्रका २२ ज्येष्ठ नागरिकलाई खादा र टीका लगाएर प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सम्मान गर्नुभएको हो । सो अवसरमा केन्द्रका अध्यक्ष सरिता खनाललाई नेपालगञ्ज उपमहानगरपालिकाको तर्फवाट प्रमुख डा, धवलशम्शेर राणाले उत्कृष्ट सामाजिक अभियन्ताको उपाधिबाट सम्मान गर्नुभएको थियो । कार्यक्रममा केन्द्रलाई तीन वर्षदेखि निरन्तर सहयोग गर्ने ३५ दातालाई पनि सम्मान गरिएको थियो ।

यसैबीच नेपालगञ्जको फूलटेक्रा–६ हडियाबाबा मन्दिर नजिक निर्माण हुने नीलसागर असहाय ज्येष्ठ नागरिक सेवा केन्द्रको ३० कोठे भवनको मन्त्री बरालले शिलान्यास गर्नुभयो । भवन शिलान्यास समारोहमा मन्त्री बराल, प्रदेश नं ५ का सांसदद्वय सुरेन्द्र हमाल र कृष्णा केसी, जिल्ला समन्वय समितिका अध्यक्ष अजय श्रीवास्तवलगायतले ज्येष्ठ नागरिकको सम्मान घरघरमा हुनुपर्नेमा जोड दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !