२० जेष्ठ २०८१, आइतबार

बेंसीशहर–चामे सण्डक खण्ड अवरुद्ध


Nepalpatra

२५ भदौ, बेंसीशहर । आइतबार बेलुकादेखि लगातार परेको पानीका कारण आएको पहिराबाट हिमालपारिको जिल्ला मनाङ जाने सण्डकखण्ड अवरुद्ध भएको छ ।

बेंसीशहर नगरपालिका–६ बेलौतीबिसौना नजीकै उत्तिसघारी खरखरेमा पहिरो जाँदा बेंसीशहर–चामे सडक अवरुद्ध भएको हो । पहिराका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् ।

सदरमुकाम बेँसीशहरबाट तीन किलोमिटरमा रहेको खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीयवासी बताउँछन् । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले स्थानीय तथा पैदलयात्रुलाई सजग रहन आग्रह गरिएको बताउनुभयो ।

“पहिरो खसेको थाहा पाउनासाथ प्रहरी परिचालन गरेका छांैँ । पैदलयात्रुले यात्रा गर्न पाएका छैनन् । बेंसीशहर खण्ड र मस्र्याङ्दी गाउँपालिका खण्डमा (पहिरो गएको स्थान नजीकै ) प्रहरी परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिरो रोकिनासाथ सडक खुलाउछौँ ।”

ठूलो पहिरो खसेकाले सवारी आवागमन बन्द भएको छ भने पदैलयात्रुलाई समेत सास्ती भएको छ । प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गत वर्ष पहिरोपछि राखिएका ग्याबिन बगेर सडक भासिएको छ भने माथिबाट पहिरो खसिरहेको छ ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो नियन्त्रणका दीर्घकालीन उपाय खोज्न डिभिजन सडक कार्यालय तथा सम्बन्धित सरकारी निकायलाई बारम्बार घच्घचाए पनि सुनुवाइ नभएको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !