२९ कार्तिक २०८१, बिहीबार

सम्बन्ध सुधार्न योजना बाँड्दै भारतीय दूतावास


ranjeet rey

नाकाबन्दीका कारण भारत र नेपालबीच बिग्रिएको सम्बन्ध जनस्तरबाट सुधार गर्न भन्दै भारतीय राजदूत रञ्जित रे विकासे योजना बाँढ्दै राजधानीबाहिर घुम्न थालेका छन्। अन्नपूर्ण पोष्टमा समाचार छ।

प्रशासनलाई जानकारी नदिई राजधानी काठमाडौंबाट घुमफिरका लागि मकवानपुरको पर्यटकीय क्षेत्र दामन पुगेका राजदूत रेले यस क्षेत्रको विकासमा सहयोग गर्ने आश्वासन दिए।

यहाँका उद्योगी, व्यवसायी र स्थानीयसँगको छलफलका क्रममा उनले जनस्तरमा सम्बन्ध विस्तार गर्न चाहेको बताउँदै आधा दर्जन विकासका योजनामा सहयोग गर्न आतुर रहेको बताए।

थाहा नगर उद्योग वाणिज्य संघले गरेको छलफल कार्यक्रममा राजदूत रेले तरकारीको पकेट क्षेत्र दामनमा कोल्ड स्टोर निर्माण गरिदिने बताए। ‘तपाईहरु प्रस्ताव लिएर आउनुहोस् हामी सहयोग गर्न तयार छौं,’ उनले भने।

भारत सरकारको सहयोगमा हेटौंडामा निार्माण हुन लागेको बहुप्राविधिक विश्वविद्यालयका लागि बजेट बिनियोजन भइसकेको राजदूत रेले जानकारी दिए। टेन्डर प्रक्रियाबाट निर्माण कार्य अघि बढाउने तयारी थालिएको रेले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !