८ बैशाख २०८१, शनिबार

डा.केसीको अनशन आजबाट, अस्पतालभित्रै अनशन बस्ने


govinda kc

२६ असार, काठमाडौं । डाक्टर गोविन्द केसी आजबाट आठौं पटक अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएका विकृतिविरुद्ध केसी विभिन्न पटक अनशन बसेका छन् ।

आइतबार दिउँसो ३ः ३० बजे पत्रकार सम्मेलन गरेर ४ बजेदेखि अनशन सुरु गर्ने केसीको तयारी रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउनुपर्ने मागसहित केसी अनशनमा बस्न लागेका हुन् । दुई साता अघि पत्रकार सम्मेलन गरेर उनले लोकमानसिंह कार्कीबिरुद्ध महाभियोग लागउनुपर्ने नभए आफू अनशनमा बस्ने अल्टिमेटम दिएका थिए । तर, यस विषयमा कुनै राजनीतिक दलले प्रतिक्रिया दिएका छैनन् ।

यसपटक केसीलाई अनशन बस्ने निर्णयमा पुनर्विचार गर्न अस्पतालका चिकित्सले आग्रह गरेपनि उनले आफ्नो अनशनमा पुनर्विचार गरेका छैनन ।

अस्पताल प्रशासनले शनिबार साँझ डा. केसीलाई अनशन बस्ने निर्णयमा पुनर्विचार गर्न, बस्ने नै भए पनि अस्पताल हाताभित्र नबस्न पत्र दिएको थियो ।

केसीले पत्र बुझे पनि जवाफ फर्काएका छैनन् । डा. केसीले अस्पतालभित्र अनशन बसे आफूहरूले पनि अनशन बस्न ठाउँ पाउनुपर्ने टिचिङ अस्पतालका डाक्टरहरूको माग छ ।

मनमोहनका ३३ चिकित्सकले विज्ञप्ति जारी गर्दै डा. केसीले शिक्षण अस्पतालभित्र अनशन बस्न नपाउने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !