१३ बैशाख २०८१, बिहिबार

मृतकसंगै बस्न रुचाउने अनौठो बस्ती


dead body

१७ असार, २०७३:- साधारण रुपमा मानिसको मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । मरिसकेपछि विभिन्न थरि बिधि अपनाइ लाशको अन्त्येष्टि गर्ने गरिन्छ ।

तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ, जहाँ मानिसको मृत्यु भएपछि लाशलाई अन्तिम काजक्रिया गर्नुभन्दा पनि आफुसँगै राख्न चाहान्छन् । लाशलाई जलाउनु वा गाड्नुभन्दा पनि उनीहरुसँग सँगैबस्न उक्त समुदायहरु रुचाउँछन् ।
dead body
इण्डोनेशियाको टोराजा समुदायमा बस्दै आइरहेका मानिसहरु मृत्युपछि पनि परिवारसँगै बस्छन्। उनीहरुलाई जिउँदो भएकै झै गरि व्यवहार गरिन्छ ।

जब यो समुदायमा कुनै व्यक्तिको मृत्यु हुन्छ तब लाश गाड्ने ठाउँमा एउटा भैसीलाई बली दिइन्छ। मानिसको मृत्यु पश्चात खुसीयाली मनाइन्छ र भोजभतेर गर्ने काम गरिन्छ ।

परिवारले मरेको मानिसको लाश नगनाओस् भनेर केमिकलको प्रयोग गर्छन् । उनीहरुलाई कपडा लगाइदिने बिभिन्न ठाउँमा समेत लिएर जाने गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !